प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को आजको निर्णयले चैत ८ गतेदेखि लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व बहन गर्नका निम्ति सफल हुने विश्वाससमेत व्यक्त गरे ।
पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकले आगामी दिनमा देखाउनुहुने कर्तव्यपरायणता र इमान्दारीले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।