कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।
लाटम एयरलाइन्स एयरबस ए ३२०–२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ ।