साउदी अरेबियाले चीनलाई डलरको सट्टा युुआनमै तेल बेच्ने तयारी
साउदी अरेबियाले चीनलाई डलरको सट्टा युुआनमै तेल बेच्ने तयारी
    • बेल संचार

    • १८ चैत्र २०७८, शुक्रबार

चीनले साउदी अरेबियाको तेलडलरको सट्टा युुआनमा किन्ने इच्छा देखाएको छ । चीनको यस किसिमको प्रस्ताव आएको यो पहिलो पटक भने होइन । साउदी अरेबियाले आफ्नो तेलको निर्यातको एक तिहाई चीनमा बिक्री गर्दै आएको छ । यस्तोमा साउदी अरेबियाले चीनलाई युुआनमा तेल बिक्री गर्ने इच्छा देखाएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

विगत ५ वर्षसम्म यस किसिमको मोलमोलाई हुँदै आए पनि चाँडै नतिजामा पुुग्न सक्ने देखिएको छैन । साउदी अरेबियाले आफ्नो रियाललाई डलरमा विनिमय गर्दैै आएको छ । त्यसैले डलरमा हुने कुनै पनि क्षतिले उसको आफ्नै मुद्रामा पनि हानी पुुग्न सक्ने क्वार्जले उल्लेख गरेको छ ।

 

तर अमेरिकी भू–राजनीतिक वर्चश्व पेट्रोडलरमा व्यापक मात्रामा आधारित छ । विश्वव्यापी तेल कारोबारको ८० प्रतिशत कारोबार डलरमा हुुने गरेको छ । त्यसैले तेल उद्योगको छनौटको मुद्रामा पेट्रोयुुआन आएमा के होला भनेर विश्वले हेरिरहेको क्वार्जले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित