पहिला पनि काँग्रेसले भारतीय सेना ल्याएर देशभक्तहरुको टाउको काटेको थियो, अहिले चुनावको मुखमा देउवा किन दिल्ली गए ? ओलीको प्रश्न
पहिला पनि काँग्रेसले भारतीय सेना ल्याएर देशभक्तहरुको टाउको काटेको थियो, अहिले चुनावको मुखमा देउवा किन दिल्ली गए ? ओलीको प्रश्न
    • बेल संचार

    • १८ चैत्र २०७८, शुक्रबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले विगतमा भारतीय सेना ल्याएर नेपाली देशभक्तहरुको टाउको कटाएको आरोप लगाँउदै अहिले चुनावको मुखमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको बिषयमा प्रश्न उठाएका छन् ।

अनेरास्ववियुको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भीमदत्त पन्तहरुको हत्याका लागि काँग्रेसले भारतीय सेना ल्याएको, विपी कोईराला गृहमन्त्री हुँदा भारतीय सेना ल्याएर बिद्यार्थीमाथि गोली हानेको आरोप लगाए ।

 

ओलीले चुनावको मुखमा देउवा किन भारत गएका रहेछन् ? आएपछि सोध्ने पनि बताए ।

अर्कोतिर काँग्रेसले जहिले पनि थोत्रा र पत्रु तत्वहरुसँग सहकार्य गर्ने गरेको उनको आरोप छ ।
माधव नेपालले विगतमा एमालेलाई न भाले न पोथी बनाएको भन्दै अब युवाहरुले एमालेलाई बलियो बनाएर जिताउन अपील गरे ।

साताकाे चर्चित
सम्बन्धित