अब सुशासनको यात्रालाई अघि बढाउँछौँ : ओली
अब सुशासनको यात्रालाई अघि बढाउँछौँ : ओली
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रामा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे ।

ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै विविध सभ्यताको उद्गमस्थल नेपाल नै भए पनि गरिबी र पछौटेपनका कारण त्यसलाई अगाडि बढाउन नसकिएकामा मुलुकमा विकास र समृद्धिको यात्रा आरम्भ भएसँगै अब इतिहास, संस्कृति र सभ्यताको संरक्षणको यात्रा आरम्भ हुने बताए ।

साताकाे चर्चित
सम्बन्धित