भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु
भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनकाअनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन् ।

प्रहरीले घट्ना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । घट्नाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित