प्रधानमन्त्री देउवा र मोदीबीचको भेटवार्ता आज
प्रधानमन्त्री देउवा र मोदीबीचको भेटवार्ता आज
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।

शुक्रबार पत्नी आरजु देउवा र मन्त्रीहरुसहित भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज मोदीसँग बिहान ११ बजेर १० मिनेटमा भेटवार्ता गर्ने कार्यक्रम छ। दुई प्रधानमनत्रीबीचको भेट हैदरावाद हाउसमा तय भएको छ।

त्यसअघि १०:४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन्। त्यहाँ प्रतिनिधि मण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन्।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका एक सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

साताकाे चर्चित
सम्बन्धित