गम्भीर रोगका कारण पोर्नस्टारको ३५ वर्षको उमेरमा निधन
गम्भीर रोगका कारण पोर्नस्टारको ३५ वर्षको उमेरमा निधन
    • Bell Sanchar

    • १९ चैत्र २०७८, शनिबार

पूर्व पोर्नस्टार रेभेन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ । रेभेनको आकस्मिक निधनले उनका नजिकका आफन्तहरु र फ्यानहरु स्तब्ध भएका छन् । रिपोर्टका अनुसार रेभेन क्रोन नामक रोगबाट पीडित थिइन् । यही रोगका कारण उनलाई पेटको इन्फेक्सन र सेप्सिस भएको थियो ।

रेभेन एलेक्सिसको २३ मार्चमा लस भेगासमा मृत्यु भयो। रिपोर्टका अनुसार रेभेनलाई सेप्टिक शक लागेको थियो, जसका कारण उनको रक्तचाप खतरनाक स्तरमा झरेको थियो । उनको मृत्युको घोषणा रेभेनका पतिले इन्स्टाग्राम र फेसबुकमा एक भिडियोमार्फत गरेका थिए। उनले भने– ‘आइतबार राति उनको निधन भयो, उनी क्रोन कोलाइटिसका कारण पेटको समस्याबाट गुज्रिरहेकी थिइन् ।’

रेभेनलाई ‘इन्टरनेट मोडल’ भनेर चिनिन्थ्यो । सन् २०११ मा रेभेनले एभिएन अवार्ड नामांकनमा बेस्ट न्यू स्टारलेटको अवार्ड प्राप्त गरेकी थिइन् । सन् २००९ देखि २०१० सम्म डिजिटल प्लेग्राउन्डमा काम गरेबापत उनले यो अवार्ड पाएकी हुन् । २०११ मा, उनले एभिएन अवार्ड प्राप्त गरेकी थिइन् । सोही वर्ष रेभेनले आफू क्यान्सरको चौथो स्टेजमा रहेको बताएकी थिइन् । यो खबरपछि निकै विवाद भएको थियो । उनका पूर्व प्रेमी डर्ट जुनियरले रेभेनले क्यान्सरको बारेमा झुट बोलेको बताएका थिए ।

साताकाे चर्चित
सम्बन्धित