लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पछि पार्‍यो
लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पछि पार्‍यो
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने क्रममा लिभरपुलले शनिबार वाटफोर्डलाई २-० गोलले हरायो।

लिभरपुलका लागि जोटाले २२ मिनेट र फाबिन्होले ८९ मिनेटमा पेनाल्टीमा गोल गरे।

केहीबेरमा वर्नलीसँग खेल्न लागेको म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको छ।

सिटीको नतिजाअघि लिभरपुलले ३० खेलबाट ७२ अंक जोडेको छ। सिटीको २९ खेलबाट ७० अंक छ।

सिटीले जित हात पारे मात्र अब लिभरपुललाई पछि पार्नेछ।

साताकाे चर्चित
सम्बन्धित