ग्रीन भेन्चर्सको आइपिओ बाँडफाँड
ग्रीन भेन्चर्सको आइपिओ बाँडफाँड
    • Bell Sanchar

    • २० चैत्र २०७८, आईतवार

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आज साधारण शेयरको बाँडफाँड गरेको हो ।

कम्पनीले चैत्र ८ गतेदेखि ११ गतेसम्म ३१ लाख २५ हजार आइपिओ बिक्री खुल्ला गरेको थियो। कम्पनीले जारी गरेको आइपिओमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष योजनाहरुको लागि छुट्याइएको थियो । भने, बाँकी २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएका थिए। त्यसमा ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ। बाँकी २१ लाख ६ हजार ५१६ योग्य आवेदकमध्ये २ लाख ८७ हजारलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडिएको हो ।

साताकाे चर्चित
सम्बन्धित