नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ ।
जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।
मेयर पद अरुलाई छाड्न नसकिने तर गठबन्धन पनि कायम राख्ने निर्णय भएको चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
उनका अनुसार अघिल्लोपटक माओवादीलाई छाडिदिएको हुँदा अहिले कांग्रेसले सो पद पाउनुपर्नेछ ।