बिहे गर्छु भन्दै ४२ लाख ठगेको आरोपमा काठमाडौंबाट एक पक्राउ
बिहे गर्छु भन्दै ४२ लाख ठगेको आरोपमा काठमाडौंबाट एक पक्राउ
    • बेल संचार

    • २१ चैत्र २०७८, सोमबार

काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।

श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ।

साताकाे चर्चित
सम्बन्धित