युवा नेता चौलागाईंको वडा अध्यक्षमा उठ्ने तयारी
युवा नेता चौलागाईंको वडा अध्यक्षमा उठ्ने तयारी
    • बेल संचार

    • २२ चैत्र २०७८, मंगलवार

आगामी बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चर्चाले बजार तातेको छ । चोक, चिया पसलमा कुन पार्टीबाट को उम्मेदवार बन्लान्, कसले जित्ला वा को बढी लोकप्रिय छ भन्ने विषयको चर्चा-परिचर्चा बाक्लिएको छ । उम्मेदवारी मनोनयनका लागि एक महिना भन्दा कम समय रहँदा मुख्य दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने आमचासो छ ।

त्यस्तै, कर्णाली प्रदेशमा पनि स्थानीय तह निर्वाचनको लहर छाएको छ । केहि दलहरुले केहि स्थानमा उम्मेदवार चयन गरिसकेका छन् भने केही आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस कर्णाली  प्रदेश प्रतिनिधि समेत रहेका युवा नेता नवराज चौलागाईंको पनि यतिबेला चर्चा चुलिएको छ ।

चौलागाईं नेपाली कांग्रेसका उदयीमान नेताका रुपमा चिनिनुहुन्छ । कांग्रेस पारिवारिक पृष्ठभूमीमा चौलागाईं  लोकप्रिय रहेको स्थानीयहरु बताउँछन् । मिलनसार स्वभावका चौलागाईं छाँयानाथ रारा नगरपालिका वडा न -२ मा वडा अध्यक्ष पदमा उठ्न स्थानीय जनताले आफूलाई धेरै दबाब दिएको बताउनुहुन्छ । पार्टीले आफूलाई नै उपयुक्त उम्मेदवारको रुपमा चयन गरेमा आफुले प्रमाणित गरेर देखाउने विश्वास उहाँको छ ।

साताकाे चर्चित
सम्बन्धित