मलंगवामा अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिकको ज्यान गयो
मलंगवामा अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिकको ज्यान गयो
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

सर्लाहीमा अज्ञात समूहले गोली चलाउँदा एक भारतीय नागरिकको ज्यान गएको छ । बुधबार साँझ सदरमुकाम मलंगवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मगंलवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली लागेर भारत सितामढी बिसनपुर निवासी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको हो । ‘प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ, अपराधीको खोजी कार्य जारी रहेको छ नाका सबै सिलबन्दी गरेका छौ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रवीण पोखरेलले बताए ।

२\३ जनाको समुहमा आएका अपरिचित हतियारधारीले महतोमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । अपरिचित समूहले चलाएको गोली महतोको कोखा र हातमा लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घटना स्थलमै ढलेका महतोलाई तत्काल प्रहरीले उद्धार गरि उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएका थिए। गम्भिर घाइते महतोको उपचार कै क्रममा ज्यान गएको थियो ।

साताकाे चर्चित
सम्बन्धित