बिहीवार देशभरकाे माैसम सामान्यतया सफा रहने, पहाडी भेगका केही स्थानमा हल्का वर्षाकाे सम्भावना
बिहीवार देशभरकाे माैसम सामान्यतया सफा रहने, पहाडी भेगका केही स्थानमा हल्का वर्षाकाे सम्भावना
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

बिहीवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

अपरान्हतिर प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाकाे भनाइ छ।

प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीवार राती प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

साताकाे चर्चित
सम्बन्धित