रोटरी क्लब अफ हिमालय पाटनले महिलाहरूमा देखिने आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउदै
रोटरी क्लब अफ हिमालय पाटनले महिलाहरूमा देखिने आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउदै

विश्व स्वास्थ्य दिवसलाई लक्षित गरी संस्थाले यो अभियान सञ्चालन गर्न लागेको हो ।

    • बेल संचार

    • २५ चैत्र २०७८, शुक्रबार
काठमाडौं
 भोलि शनिबार बिहान ललितपुरको मंगलबजारदेखि कीर्तिपुरस्थित उमा महेश्वर मन्दिरसम्म पैदलयात्रा गर्न लागिएको रोटरी क्लब अफ हिमालय पाटनले जानकारी दिएको छ ।
जनचेतनाको अभावले गर्दा आङ्ग खस्नेसम्बन्धी रोगको उपचार समयमै नपाउँदा ग्रामीण तथा शहरी महिलाहरू यो समस्याले पीडित भएको भन्दै ‘महिला स्वास्थ्यका लागि सम्पदा पैदलयात्रा’ नाराका साथ पैदलयात्रा गर्न लागिएको आयोजकको भनाइ छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी क्लबले दिएको जानकारी अनुसार पैदलयात्रामा दुई हजार जनाको सहभागिता रहने छ । यो जनचेतना अभियानबाट विद्यमान रोगबारे महिलाहरूमा जनचेतना फैलिनाका साथै समयमै उपचार पाउन सक्ने आयोजकको दाबी छ ।
विश्व स्वास्थ्य दिवसलाई लक्षित गरी संस्थाले यो अभियान सञ्चालन गर्न लागेको हो ।
भविष्यमा ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै जाने क्लबले लक्ष्य लिएको छ ।
शिविरहरू सञ्चालन गर्दा हुने खर्च व्यवस्थापनका लागि
पैदलयात्रामार्फत आर्थिक सहयोग जुटाउने क्लबको प्रयास रहने बताइएको छ । रोटरी क्लब अफ हिमालय पाटनको स्थापना रोटरी इन्टरनेशनल रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत १७ सेप्टेम्बर २००३ मा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित सामाजिक संस्था हो । संसारभरका २०० वटा देशमा ४ हजार ६०० भन्दा बढी यस्ता क्लब गठन भएका छन् । ति क्लबहरूमा ४६ हजार भन्दा बढी सदस्यहरू आवद्ध छन् ।

साताकाे चर्चित
सम्बन्धित