पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना  
     पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना  
    • बेल संचार

    • २६ चैत्र २०७८, शनिबार

kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o'Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z'qmaf/b]lv ;'? b'O{ lbj;Lo cGt/;ef cg'ej cfbfgk|bfg tyf cGtlqm{ofdf dGtJo JoQm ub}{ /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/ M xl/ af:tf]nf÷/f;;

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको बताउनुभएको छ । उहाँले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना रहेको बताउनुभयो ।

चैतेदशैँको दिन बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङमा आज आयोजना गरेको चैतेदशैँ मेलामा अध्यक्ष तिमिल्सिनाले धार्मिक पर्यटकको सम्भावना नेपालमा बढेर गएको उल्लेख गर्नुभयो । बागलुङ कालिका, लामो झोलुङ्गे पुल, मुक्तिनाथलगायत क्षेत्रमा पर्यटकको चाप अत्यधिक रहेको उहाँको भनाइ छ ।

“चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ ।” उहाँले रामरेखाबाट अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो ।

उहाँले ढोरपाटन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, कालिका मन्दिर र पञ्चकोटका कारण बागलुङमा दिनानुदिन पर्यटकीय गतिविधि बढिरहेको बताउँदै यहाँ सुविधाका लागि होटल, सुरक्षालगायत संरचना बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

आगमी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । तिमिल्सिनाले जननिर्वाचित व्यक्ति सत्ता र शक्तिका लागि मरिमेट्न थालेको बताउँदै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित