नगेन्द्र न्यौपानेको नियात्रा ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ बजारमा
नगेन्द्र न्यौपानेको नियात्रा ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ बजारमा
    • Bell Sanchar

    • २७ चैत्र २०७८, आईतवार

काठमाडौं । नेपाली साहित्य क्षेत्रमा चर्चित नाम हो नगेन्द्र न्यौपाने । न्यौपाने आधा दर्जन भन्दा बढी कृति नेपाली साहित्य जगतलाई दिएका छन् । जसमा ‘दरबारबाहिरकी महारानी’ निकै चर्चित कृति हो । बहुआयामिक यो कृतिले न्यौपानेलाई उपन्यास लेखकको रुपमा नेपाली पाठक माझ चिनाएको थियो । उक्त उपान्यसले उनलाई उपन्यासकारको रुपमा स्थापित गरेको थियो ।
न्यौपानेको जन्म गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ४ लुइँटेल भञ्ज्याङमा भएको थियो । सानै उमेर देखि साहित्य तर्फ न्यौपानेको लगाव थियो । यही लगावले उनलाई लेखक हुन प्रोत्साहन गर्‍यो ।
उनको पहिलो कृति हो ‘हराएको कैदीहरु’ जुन एउटा कवितासङ्ग्रह हो । त्यही कृतिबाट उनी अप्रकाशित लेखकबाट प्रकाशित लेखक हुन पाए । लेखन यात्रालाई निरन्तरता दिँदै उनीले थुप्रै कृतिहरु प्रकाशित गरे ।
हाल उनी अमेरिका भएपनि नेपाली साहित्य जगतलाई आफ्नो अमुल्य समय दिँदै आइरहेका छन् । उनलाई यात्रा गर्न निकै मनपर्छ । त्यसैले उनी नियात्रा लेखनमा पनि सौख राख्ने व्यक्ती हुन् । उनको थुप्रै नियात्रा पनि प्रकाशित छन् । पछिल्लो समय न्यौपाने नियात्रा लेखकको रुपमा पाठक माझ प्रस्तुत हुन आएका छन् । ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ नियात्राबाट उनीले केही सन्देश र केही यथार्थलाई चित्रण गर्न प्रयास गरेका छन् ।
नेपालीहरु बर्मा किन गए ? कुन माध्यम र कसरी गए ? गएपछि नेपाल किन फर्किएनन् ? नेपालीहरु बर्माबाट थाइल्याण्ड गएका रहेछन् । बर्माबाट थाइल्याण्ड जानुको बाध्यता के थियो ? र, त्यहाँ कसरी बसेका छन् ? यस्तै प्रश्नको उत्तर यही कृतिबाट दिँदैछन् न्यौपाने ।
बर्मा र थाइल्याण्ड रहेका नेपालीहरुको बारे थोरै पुस्तक निस्केका छन् तर यो पुस्तकले सम्पूर्ण जिज्ञासा मेटाउने छ । सबै प्रश्नको जवाफ यही पुस्तकभित्र भेटिने छ ।
नगेन्द्र न्यौपानेको यो नियात्रा बिएन पुस्तक संसार प्रा.लि ले बजारमा ल्याएको हो । यो सर्वत्र बजारमा उपलब्ध छ । यो पुस्तक हरेक नेपाली पढ्न जरुरी छ । न्यौपानेले दिन खोजेका सन्देश र आफ्नो नियात्राबाट देखाउन खोजेका ती पीडा र बाध्यतालाई बुझ्नको लागि यो पुस्तक पढ्न जरुरत छ ।

साताकाे चर्चित
सम्बन्धित