गृहमन्त्री खाँणको आग्रह, ‘यात्रुलाई बोझ हुनेगरी भाडा नलिनु’
गृहमन्त्री खाँणको आग्रह, ‘यात्रुलाई बोझ हुनेगरी भाडा नलिनु’
    • Bell Sanchar

    • २८ चैत्र २०७८, सोमबार

काठमाडौं ।  गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरक–फरक भाडादर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे । गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाइ थियो । उनले भने, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यता पट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अव यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरक–फरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् ।’

गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी सञ्चालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताए ।

उनले ब्रेक फेल भएको गाडी चलाउँदा कयौंको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरुलाई सञ्चालन गर्न दिन नमिल्ने बताए । मन्त्री यादवले गाडीहरुको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए ।

उनले भनेका छन्, ‘गाडी परीक्षण गरेर मात्रै सञ्चालन गर्नुप¥यो । गाडीको ब्रेक फेल भएको अवस्थामा कयौंको जान जाने अवस्था छ । त्यसैले म व्यवसायीहरुलाई आग्रह गर्न चाहन्छु, गाडीको नियमित परीक्षण गरौं । र सञ्चालनमा लैजाऔं । त्यसले अकालमा मानिसहरुको ज्यान जाने अवस्थामा टेवा पुग्छ ।’

साताकाे चर्चित
सम्बन्धित