निर्वाचनको अब रोकिँदैन : थपलिया
निर्वाचनको अब रोकिँदैन : थपलिया
    • Bell Sanchar

    • २९ चैत्र २०७८, मंगलवार

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसकेकाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । आज विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।

“गाडी छुटेको होइन, प्लेन छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिँदैन,” उनले भने, “निर्वाचन रोकिए दुर्घटना हुन्छ । आयोग दुर्घटना घटाउन चाहँदैन ।”

थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहं भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका खेल्न आग्रह गरे ।

साताकाे चर्चित
सम्बन्धित