बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, तीनजनालाई ११ कित्ता
बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, तीनजनालाई ११ कित्ता
    • Bell Sanchar

    • २९ चैत्र २०७८, मंगलवार

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोलाप्रथाबाट बाँडफाँड गरिँदा एक लाख ६६ हजार ३४५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । त्यसमध्ये तीनजनालाई बाँकी रहेको तीन कित्ता सेयर एक÷एक कित्ताको दरले वितरण गरिएको छ ।

गएको चैत १६ गतेदेखि कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासनमा ल्याएको थियो । जसमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् एक लाख ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारका लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले दुई करोड ४४ लाख ७४० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये तीन हजार ६४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसअनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै आवेदन सदर भएको छ ।

साताकाे चर्चित
सम्बन्धित