नेपालले अपनाएको विभेदकारी परराष्ट्र नीतिप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त
नेपालले अपनाएको विभेदकारी परराष्ट्र नीतिप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त
    • बेल संचार

    • १ बैशाख २०७९, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल कोहीसँग नजिक र कसैप्रतिको दूरभाव राख्ने मार्गमा लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले परराष्ट्र मामिलातर्फ लक्षित गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले नेपाल कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न हुनु आत्महिनाको विषय बनेको टिप्पणी गरेका छन् । पूर्वराजाले सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस भन्ने मान्यता दोहो¥याएका छन् ।

उनले छिमेकी मित्र राष्ट्रहरुप्रति नेपालले अवलम्वन गर्ने व्यहावरले मुलुको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा समेत प्रभाव पर्न जाने अवस्था सम्झेर सदैव चनाखो हुनुपर्ने जनाएका छन् । देशको अर्थतन्त्रजति बनेकोमा पनि पूर्वा राजाले चिन्ता व्यक्त गरेका छन् ।

उनले महँगी र थपिदो आर्थिक बोझले नेपालीलाई जीवन गुजारा गर्न अन्त्यन्त कठिन भएको जनाएका छन् । पूर्व राजाले राजनीतिक दलहरुलाई कटाक्ष पनि गरेका छन् ।

चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी उनले गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित