निर्वाचनमा तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन
निर्वाचनमा तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन
    • बेल संचार

    • २ बैशाख २०७९, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।’

यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोडिदिने निर्णय गरेका छौँ ।’  शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए ।
उनले भने, ‘कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।
’ फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए । उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरू पार्टीबाट बाहिरिएका छन् ।’ देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरू यही पार्टीमा रहेको उनको तर्क थियो ।

साताकाे चर्चित
सम्बन्धित