यशको ‘केजीएफ–२’को हिन्दी भर्सनले दुई दिनमै कमायो १०० करोड !
यशको ‘केजीएफ–२’को हिन्दी भर्सनले दुई दिनमै कमायो १०० करोड !
    • Bell Sanchar

    • ४ बैशाख २०७९, आईतवार

साउथका सुपरस्टार यश स्टारर् ‘केजीएफः च्याप्टर २’ले बक्स अफिसमा सुनामी नै ल्याएको छ । फिल्म रिलिज भएसँगै ठूलठूला बलिउड र साउथ फिल्महरुलाई पछि पारेको छ । फिल्मले फस्र्ट–डे ५४ करोडका साथमा बम्पर ओपनिङ गरेको थियो । त्यस्तै फिल्मले दोस्रो दिन पनि बक्स अफिसमा कमाल गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘केजीएफः च्याप्टर २’को हिन्दी भर्सनले दुई दिनमै १०० करोड क्लबमा इन्ट्री गरेको छ । फिल्मले दोस्रो दिन अर्थात् शुक्रबार ४६.७९ करोडको कलेक्शन गरेको छ । योसँगै फिल्मको हिन्दी बेल्टले दुई दिनमा नै १००.७४ करोड कलेक्शन गरिसकेको छ ।

तरणका अनुसार केजीएफ–२ ले ‘बाहुबली–२’ र ‘दंगल’ फिल्म भन्दा पनि उत्कृष्ट ट्रेड गरिरहेको छ । यो फिल्मले ४ दिनमा नै १८५ करोड बढीको शानदार कलेक्शन गर्ने आँकलन गरिएको छ । पहिलो दिन अर्थात् विहीबार फिल्मले ५३.९५ करोडको कलेक्शन गरेको थियो ।

योसँगै यश, सञ्जय दत्त, श्रीनिधि शेट्टीलगायत अभिनित ‘केजीएफः च्याप्टर २’ हाइएस्ट फस्र्ट–डे ओपनर फिल्म बनेको छ । यो फिल्मले ठग्स अफ हिन्दून्तानलगायत फिल्मको रेकर्डलाई ध्वस्त पारेको छ ।

यो फिल्मले वल्र्ड–वाइड ३०० करोड बढीको कलेक्शन गरिसकेको जानकारी गराइएको छ । यशको यो फिल्मले नेपालको बक्स अफिसमा समेत उत्कृष्ट कलेक्शन गरिरहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित