सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो   
     सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो   
    • बेल संचार

    • ५ बैशाख २०७९, सोमबार

काठमाडौँ, 
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ । बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ । —

साताकाे चर्चित
सम्बन्धित