छापिए ४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र
छापिए ४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र

सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा ४६ जिल्लाका मतपत्र छाप्ने काम सकिएको जानकारी दिए। 

    • बेल संचार

    • ५ बैशाख २०७९, सोमबार

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लाको मतपत्र छाप्ने काम सकाएको छ।

सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा ४६ जिल्लाका मतपत्र छाप्ने काम सकिएको जानकारी दिए।

आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई दिएको थियो। त्यस अनुसार हाल ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्र छाप्न सम्पन्न भएको प्रवक्ता पौडेलले बताए।

आयोगले चुनावको लागि १ करोड ९४ लाख मतपत्र छाप्ने तयारी गरेको छ।

साताकाे चर्चित
सम्बन्धित