आसन्न। स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय बोहराले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नकाे लागि राजनितिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवक संगठन नेपाल बाँकेका अध्यक्ष समेत रहेका बोहरा सामाजिक काममा सक्रिय भएका कारण नगर र समाजमाझ लाेकप्रिय छन् । आफ्नो क्षेत्रका हरेक गतिविधिमा प्रत्यक्ष सरिक हुँदै विकासका निम्ति चिन्तन मनन गर्दै समाजमा अलग पहिचान निर्माण गरेका बोहरा युवा माझ लोकप्रिय छन्।
कोहलपुर क्षेत्रमा युवा व्यवसायीको रुपमा अलग पहिचान निर्माण गर्दै सम्पुर्ण युवाहरु को आदर्श बनेका बोहराको साथमा वडाका सम्पुर्ण युवाहरु एक जुट भएर लागेका छन् । आफ्नो वडालाई सुक्ष्म रुपमा बुझेका बोहराले वडालाई कोहलपुर नगरकै नमूना वडा निर्माण गर्ने योजना बनाएको बताउदै वडाबासीलाई आफुलाई विजयी गराउन अपिल पनि गरेका छन् ।
“यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो ।
यो समय मत मात्रै हाेइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।आफ्नो क्षेत्र को भविस्य आफ्नै हातमा भएको बताउदै बोहराले न्युज नमस्ते संग भने “नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु।