अमेरिका र पश्चिमा देशले युक्रेनलाई थप युद्व सामाग्री पठाउने
अमेरिका र पश्चिमा देशले युक्रेनलाई थप युद्व सामाग्री पठाउने

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रूससँग लड्न आफ्नो देशले गोलाबारूदसहित थप अस्त्रहरू दिने बताएका छन्।

    • बेल संचार

    • ७ बैशाख २०७९, बुधबार

छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्व सामाग्री पठाउने भएका छन्।

पश्चिमा नेताहरूबीच भएको भिडिओ संवादमार्फत अमेरिका र अन्य देशले युद्वमा प्रयोग हुने गोलाबारूद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्रीलगायतका सैन्य सहयोग युक्रेनलाई थप उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रूससँग लड्न आफ्नो देशले गोलाबारूदसहित थप अस्त्रहरू दिने बताएका छन्।

यस्तै युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायतासमेत अमेरिकाले दिने योजना बनाएको बाइडेन प्रशासनले जनाएको छ।

यस्तै जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने भएका छन्। बेलायतले पानीजहाजभेदी क्षेप्यास्त्र सहयोग गर्ने भएको छ।

रूसले पूर्वी युक्रेनमा आक्रमण चर्काएसँगै प्रतिरक्षाका लागि छिमेकी मुलुकसँग युक्रेनले सैन्य सहायता मागेको थियो।

रूसले पछिल्लो समय पूर्वी डोन्बास क्षेत्रको लुहान्स्क र डोनेत्स्कमा आक्रमण तिब्र पारेको छ।

युक्रेनका अनुसार सोमवारयता रूसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडालाई निशाना बनाइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित