चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले २३ खेलमा भाग लिने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय गरेको हो।
२३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङका अनुसार दुई वर्षअघि नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका खेललाई एसियाडमा प्राथमिकतामा राखिएको छ।
घिसिङले दक्षिण एसियाली खेलकुदमा फाइनलमा पुगेका खेललाई बढी प्राथमिकता दिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए।