नेपालविरूद्ध खेल्ने जिम्बावेको ‘ए’ टिममा आठ खेलाडी राष्ट्रिय टिमको अनुभव भएका
नेपालविरूद्ध खेल्ने जिम्बावेको ‘ए’ टिममा आठ खेलाडी राष्ट्रिय टिमको अनुभव भएका

मिडल अडर ब्याट्सम्यान काइआ रोए इनोसेन्सका दाइ हुन्। उनले जिम्बावेबाट तीन टेस्ट र एक एकदिवसीय खेल खेलेका छन्।

    • Bell Sanchar

    • ९ बैशाख २०७९, शुक्रबार

जिम्बावेले नेपालविरूद्धको तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० सिरिजका लागि १५ सदस्यीय ‘ए’ टिम घोषणा गरेको छ। जसमा आठ खेलाडीसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ।

राष्ट्रिय टिमबाट खेलेका खेलाडीमा जोङ्वे लुक, काइआ इनोसेन्ट, काइआ रोए, मारूमानी ताडिवानाशे, माभुता ब्रेन्डन, मुनयोङ्गा टोनी, मुतोम्बाड्जी तिनोटेन्डा र एनयाउची भिक्टरसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ।

काम्पबेल जोनाथन, इभान्स ब्राडली, जिवान्डु ट्रेभर, मडन्डे क्लिभ, मासारा जोन, माउन्जे कुडजाइ र तीसिगा ताफाड्वासँग भने राष्ट्रिय टिमबाट खेलेको अनुभव छैन।

बलर जोङ्वे लुकले जिम्बावेको राष्ट्रिय टिमबाट एक टेस्ट, २८ एकदिवसीय र २२ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। जिम्वाबेको यू१९ टिमबाट खेलेपछि काइआ इनोसेन्ट उनी राष्ट्रिय टिममा परे। उनले स्कटल्यान्डसँग एक टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

मिडल अडर ब्याट्सम्यान काइआ रोए इनोसेन्सका दाइ हुन्। उनले जिम्बावेबाट तीन टेस्ट र एक एकदिवसीय खेल खेलेका छन्।

मारूमानी ताडिवानाशे टप अडर ब्याट्सम्यान हुन्। उनले  जिम्बावेबाट तीन एकदिवसीय र ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

माभुता ब्रेन्डन अलरान्डर हुन्। उनले तीन फर्म्याटमा राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले २ टेस्ट, ७ एकदिवसीय र ५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

मुनयोङ्गा टोनी पनि अलराउन्डर हुन्। उनीसँग जिम्बावेको टी-२० टिमबाट खेलेका अनुभव छ। ५ टी-२० खेलेका उनले बंगलादेशविरूद्ध डेब्यू गरेका थिए।

मुतोम्बाड्जी तिनोटेन्डा अहिलेको टिममा परेका मध्ये सबैभन्दा अनुभवी हुन्। अलराउन्डरले तिनोटेन्डाले जिम्बावेबाट एक टेस्ट, १४ एकदिवसीय र १५ टी-२० खेलेका छन्। उनले पहिलो श्रेणीमा ३५ सय रन र लिस्ट ए मा १७ सय रन बनाइसकेका छन्। पहिलो श्रेणीको क्रिकेटमा उनले ५ शतक र १२ अर्धशतक प्रहार गरेका छन् भने १६१ विकेट लिएका छन्।

२९ वर्षीय तीव्र गतिका बलर एनयाउची भिक्टरसँग जिम्बावेबाट ६ टेस्ट खेलेको अनुभव छ।

इभान्स ब्राडली जिम्बावेको यू१७ टिमबाट खेलेको अनुभव छ। मडन्डे क्लिभसँग जिम्बावेको यू१९ बाट खेलेका अनुभव छ। उनी विकेटकिपर ब्याट्सम्यान हुन्।

३१ वर्षीय माउन्जे कुडजाइ जिम्बावेको यू१९ टिमबाट खेलेर हुर्किएका खेलाडी हुन्।

नेपाल र जिम्बावे ए बीचको सिरिज वैशाख १७ देखि सुरु भएर २६ वैशाखमा सकिनेछ। जसमा पहिले एकदिवसीय सिरिज हुनेछ।

पहिलो एकदिवसीय खेल वैशाख १७ मा हुनेछ। त्यसपछि १९ गते दोस्रो र २१ गते तेस्रो एकदिवसीय खेल हुनेछ।

टी-२० सिरिज वैशाख २३ मा सुरू हुनेछ। टी-२० खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

जिम्बावे ए टिम

जोङ्वे लुक, काइआ इनोसेन्ट, काइआ रोए, मारूमानी ताडिवानाशे, माभुता ब्रेन्डन, मुनयोङ्गा टोनी, मुतोम्बाड्जी तिनोटेन्डा, एनयाउची भिक्टर, काम्पबेल जोनाथन, इभान्स ब्राडली, जिवान्डु ट्रेभर, मडन्डे क्लिभ, मासारा जोन, माउन्जे कुडजाइ र तीसिगा ताफाड्वा।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनास बोहरा, बसिर अहमेद, लोकेश बम, विवेक यादव, सहाब अलाम र सुनील धमला

साताकाे चर्चित
सम्बन्धित