पहिलो दिन पोखरामा उपमेयरमा २ जनाले र मेयरमा १० जना दिए उम्मेदवारी
पहिलो दिन पोखरामा उपमेयरमा २ जनाले र मेयरमा १० जना दिए उम्मेदवारी

 जसमा ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट छन् भने बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार छन्।  

    • बेल संचार

    • ११ बैशाख २०७९, आईतवार

पोखरा महानगरको मेयरमा १० जना र उपमेयरमा २ जनाले उम्मेदवारी दिएका छन्।  जसमा ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट छन् भने बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार छन्।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको छ।  उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार स्वतन्त्रबाट मेयरमा गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किशानसिंह गुरूङले उम्मेदवारी दिएका छन्।

यस्तै राजनीतिक दलबाट मौलिक जराकिलो पार्टीबाट संजय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ र नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीले मेयरमा उम्मेदवारी दिएका छन्।

यस्तै, उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

सत्तारुढ पाँच दलीय गठबन्धन र विपक्षी नेकपा एमालेका उम्मेदवारले भने सोमबार मनोनयन दर्ता गर्ने जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित