देशभर थपिए १३ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो।

    • Bell Sanchar

    • ११ बैशाख २०७९, आईतवार

पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

तीन हजार १४४ जनाको पिसिआर र एक हजार १११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर २६९ जना सक्रिय संक्रमित छन्।आइतबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित