रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे दुई अमेरिकी मन्त्री
रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे दुई अमेरिकी मन्त्री

द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन्। 

    • Bell Sanchar

    • १२ बैशाख २०७९, सोमबार

अमेरिकामा दुई जना मन्त्री रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन्।

उनीहरूले किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि विशेष सैन्य कारबाही भन्दै आक्रमण थालेको थियो। रूसी आक्रमणपछि अमेरिकालगायत पश्चिमा मुलुकले रूसमाथि कडा प्रतिबन्ध लगाएका थिए भने युक्रेनलाई हतियारसहित विभिन्न सहायता गरेका थिए।

यो बीचमा रूसी सैनिकले किएभलाई छोडेर पूर्वी युक्रेनको डोनबास क्षेत्रमा आक्रमण केन्द्रीत गरेका छन्। यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपेली नेताहरू किएभ पुगे पनि उच्च अमेरिकी अधिकारीहरू रूसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणमा गएका हुन्।

ब्लिन्केन र अस्टिनको भ्रमणबारे अमेरिकी अधिकारीहरूले भने कुनै जानकारी दिएका छैनन्। उनीहरूले राष्ट्रपति जेलेन्स्कीसँग के कुरा गरे भन्ने पनि बाहिर आएको छैन।

साताकाे चर्चित
सम्बन्धित