सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ
सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ
    • Bell Sanchar

    • १३ बैशाख २०७९, मंगलवार

काठमाडौँ, १३ वैशाख

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

साताकाे चर्चित
सम्बन्धित