चार बालबालिकाको जलेर मृत्यु जुम्ला मानसिंह सार्कीको घर जल्दा
चार बालबालिकाको जलेर मृत्यु जुम्ला मानसिंह सार्कीको घर जल्दा
    • Bell Sanchar

    • १५ बैशाख २०७९, बिहीबार

आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिं सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको छ ।

आगलागीका कारण मानसिं र निजकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्कीसहित बेहोस भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भई प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट २१ किलाेमिटर टाढा रहेकाे सो गाउँमा भएकाे आगलागीको कारणबारे भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ११ः४५ बजेबाट भएकाे आगलागी राति ३ः३० मा नियन्त्रणमा आएको थियो ।

घर आगालागी हुदा बालबालिका सुतेको अवस्थामा रहेका स्थानीयले जनाएका छन् । आगलागी नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले घटनास्थलमा गई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित