ठकुरीहरुकाे दबदबा भएको बस्तीमा ईमानदार साेझाे क्षेत्रीकाे छाेरा
ठकुरीहरुकाे दबदबा भएको बस्तीमा ईमानदार साेझाे क्षेत्रीकाे छाेरा
    • Bell Sanchar

    • १५ बैशाख २०७९, बिहीबार

नेकपा एकिकृत समाजबादीबाट टिकट लिएर भैरव बहादुर रोकाया पालिका अध्यक्षमा चुनाव लड्दैछन् । उनी २०७४ को स्थानीय निर्वाचनमा उनले माओबादी केन्द्रका उम्मेदवार रजबहादुर शाहीसँग अकल्पनिय ३ मतको पराजित भएका थिय ।
उनी एकिकृत समाजबादीको प्रदेश कमिटी सदस्य र जुम्ला जिल्ला कमिटी सचिवालय सदस्य पनि छन ।

ठकुरीहरुकाे दबदबा भएको बस्तीमा ईमानदार साेझाे क्षेत्रीकाे छाेराको उम्मेदारीले हिमागाँउपालिकाको रौनक तताएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा जनताको अपार माया पाएर पनि पहुँच, राज्य शक्तिको चरम दुरुपयोग र क्षेत्रीयताको फाईदा उठाएर केही समुह तथा व्यक्तिहरुले विभित्र तिकडम, जालझेल गरी भैरवबहादुरलाई ३ मतले चुनाव हराएका थिए ।

जनताको पृय नेता ईमानदार, हिमागाँउपालिकाको बिकास निमार्णमा केहि गरम भने जोस र जागरका साथ लागि परेका नेता भैरव बहादुर रोकाया बैशाख ३० गते मतदानमा आफुलाई जिताउन आग्रगरेका छन ।

कम बोल्ने, सबैलाई छिट्टै माया र विश्वास गर्ने अनी अवसर पाए काम गरेर देखाउने स्वभावका भैरवबहादुर यसपटक चुनाव जित्ने दावी गर्छन् । आफुले चुनाव जितेमा गाउँपालिकाको सबै क्षेत्रको विकासको नेतृत्व लिने भैरव बहादुर रोकायाको भनाइ छ । भैरव बहादुरको उम्मेदवारीपछि उहाँको प्रशंसा हिमा गाउँपालिका मात्रै नभई जुम्लाभर बढेको छ ।

जनताको अपार माया र मागका आधारमा भैरव बहादुरले पालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई अध्यक्षमा जिताउन हिमावासी आतुर भई बैशाख ३० गते मतदान गर्ने दिनकुरी बसेका देखिन्छन ।

साताकाे चर्चित
सम्बन्धित