राप्रपा बाँकेका केन्द्रिय सदस्य श्रीधर सुवेदीद्वारा राजीनामा
राप्रपा बाँकेका केन्द्रिय सदस्य श्रीधर सुवेदीद्वारा राजीनामा
    • Bell Sanchar

    • १६ बैशाख २०७९, शुक्रबार

राप्रपा नेपाल बाँकेका केन्द्रिय सदस्य श्रीधर सुबेदीले पदबाट राजीनामा दिनुभएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै उहाँले राप्रपा नेपालको केन्द्रिय तथा साधारण सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो।

‘विशेष परिस्थितिका कारण अबको समयमा स्वतन्त्र रुपमा बस्नैपर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिने निर्णयमा पुगेको छु। आसन्न स्थानीय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उम्मेदवारहरुलाई सघाउन कुनै कसर बाँकि राख्ने छैन’ जारी विज्ञप्तीमा भनिएको छ।

सुबेदी २०६८ सालेदेखि तत्कालिन राप्रपा नेपालमार्फत राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।

 

 

साताकाे चर्चित
सम्बन्धित