को हुन पुर्णप्रसाद धिताल ? भोट किन दिने
को हुन पुर्णप्रसाद धिताल ? भोट किन दिने
    • बिर बहादुर राना

    • १७ बैशाख २०७९, शनिबार

पुर्णप्रसाद धिताल सिंजा गाउँपालिका मा मात्रै नभैइ जुम्ला जिल्ला कर्णाली प्रदेशकै एउटा परिचित नाम हो । युवाहरुकालागि भविष्यमा सम्भावना बोकेको नाम हो । नेकपा माओवादी केन्द्र भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी अहिले वि.सं २०४०,४२ साल देखी नेपाल मजदुर किसान पार्टीमा आवद्ध हुदै हाल नेकपा माओवादी केन्द्रमा प्रदेश गरि माओवादी केन्द्र कमिटि सदस्यमा रहेका नेता धिताल अधिकांस सिंजा वासीका लोकप्रिय नेता हुन् । उनी केवल नामकालागी नभई कामकालागी पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित छन् ।

पछिल्लो समय देशको अनि पाटिभित्रको खिचातानीले उनलाई अध्यक्षको टिकट पाउन त्यति सजिलो कहाँ भयो र लामो राजनीतिक यात्राको संघर्ष पछि आज आएर यो सफलता हात परेको छ । उनको यो सफलता सङ्गै सिंजाली जनताको एकदमै हर्षित भएका छन् टिकट मात्र पाउदा यति हर्षित छन् भने उहाँले सफलता प्राप्त गरेको दिन जनताको मन हर्षले बिभोर हुनेछ ।

सिंजा गाउँपालिकालाई मोडल बनाउन, गरिव दुखी जन्तालाइ सेव गर्न, पहिला पालिका मा भएको अनियमिता हटाउन र भष्टचार हुन नदिन गाउँपालिकाको टिकट रोजेको धितालको भनाइ छ ।
यो समयसम्म आई पुग्दा उनले पार्टी र सिंजाली समुदायको हीतकालागी थुप्रै विकासका कामहरु गरेका छन् । सिंजाको एउटा उनी मात्र एक यस्ता नेता हुन् जस्लाई उक्त गाउँपालिकासंग जोडिएका प्रत्येक वाडबासीले राम्रैसंग चिन्दछन् । कुनै त्यस्तो वडाका जनसमुदाय छैनन् जस्ले पुर्णप्रसाद धिताललाई नचिनेकोहोस् । अनि पुर्णप्रसाद धिताल स्वयमकालागी पनि कुनै त्यस्तो वडाबासिन्दा छैन जस्लाई उनले नचिनेकोहोस् ।

जुनसुकै समुदाय किन नहोस् चेतना स्तरबाट बलियो हुनु पर्छ भन्ने मान्यताले काम गर्न रुचाउने पुर्णप्रसाद धिताले पहिलो प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । यसका साथै राज्यद्धारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै पुर्णप्रसाद धितालको राजनीतिक लडाइ रहेको छ ।

उहाँले अहिले सिंजा गाउँपालिकाको अध्यक्षमा आफ्नो उम्मेदवारी सिंजा खस सभ्यता र त्यहाँको विकासलाई फरक मोडलमा लैजाने र विश्वसामु चिनाउने प्रयास हुनेछ । धितालको भनाइ छ ।
कम्यूष्ट विचारधार अवलम्बन गर्ने युवाका रुपमा धितालले गाउँघर तिर परिचय बनाएका थिए । धितालले लामो समय शिक्षा क्षेत्रमा काम गरिसकेका छन । राजनितिक शास्त्र र समाज शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका उनी सिजा सभ्यता संरक्षण,‘युवालाई

रोजगारी स्थानीय उत्पादन बृद्धी शिक्षा ,स्वाथ्य लगायतका क्षेत्र पहिलो प्रथामिकता हुने बताउँ छन ।
धिताल २०७४ सालको निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिंजामा आएर धिताललाई माओवादीमा दलवल सहित प्रवेश गराउनु भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले धिताललाई तत्कालिन समयमा जुम्ला निर्वाचन क्षेत्र (ख) को सांसद टिकट समेत दिने घोषणा गर्नुभएको थिए । तर तत्कालिन समयमा नेकपा एमाले र माओवादीको गठवन्धन भएपछि सिंजामा नेकपा एमालेलाई भाग परेपछि धिताल पछि हड्नु परेको थियो ।

आजका दिनसम्म पनि उनी जस्तो सुकै अवस्था आएतापनी कहिले डगमगाएनन पार्टी अनि जनताको काममा दिनरात खटिएका छन् उनी जनताका काममा खटिएकै कारण जनताको पृय बनेका छन् ।

उनी जनतासङ्ग काम गर्न रुचाउने अनि जनतालाई उनको सहयोगी भावना र काम मनपर्ने हुँदा कहि कतै बिपक्षले उनको राजनीतिक यात्रालाई असफल बनाउन दिनरात लागिरहदा पनि जनताको चाहाना अनि हिम्मतले गर्दा उनिलाई यस निर्वाचनमा अध्यक्ष पदमा लढ्ने हिम्मत मिलेको छ । आशा छ जनमतको कदर गर्दै पार्टी अनि आफुले बनाएका चुनावी नारा अनि प्रतिबद्धतालाई पूरा गर्न कुनै कसुर बाँकि राख्ने छैनन् ।

भिडियो लिङ:

साताकाे चर्चित
सम्बन्धित