मेष–यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभ कार्यमा सरिक भइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला । आर्थिक मन्दी पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष–यो साता हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने र शेयर बजारको कारोबारमा सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन–यो साता समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । पारिवारिक सद्भाव बढेर जानेछ । नयाँ व्यक्तिसँग भेटघाट र सहकार्य गर्ने समय छ । शेयर बजार भने सामान्य नै रहनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आफ्नो कूल देवताको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
कर्कट–यो साताबाट शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल देला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि पनि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नसक्छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह–यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सातको मध्यमा भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक लाभ मिल्नेछ ।
कन्या–यो हप्ता गरेको काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोटपटकको भय छ सचेत रहनुहोला । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला–यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक–यो साता रोकिएका महत्त्वपूर्ण कामको पुनस् थालनी हुनसक्छ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अगाडि बढ्न सक्छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धुन–यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै कुरा र समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक यात्राको योग पनि छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।
मकर–यो साता जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । पारिवारिक जमघट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । शेयर बजारबाट लाभ नै होला । राजनैतिक क्षेत्रमा पनि राम्रै सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ–साताको सुरुका दिनमा मनोरञ्जनका साथै धार्मिक यात्रामा रुचि बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग पनि मिल्नेछ । मध्य साताबाट क्रोध, प्रतिशोध, रिसराग र आवेग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । स्वास्थ्य प्रति पनि सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग घ्यू रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको स्मरण गर्दा अधिक लाभ मिल्नेछ ।
मिन–यो साता रमणीय र सुखद् यात्राको योग छ । प्रविधि मार्फत साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।