१५० समर्थकहरूविरुद्द मुद्दा दायर इमरान खानसहित
१५० समर्थकहरूविरुद्द मुद्दा दायर इमरान खानसहित
    • Bell Sanchar

    • १८ बैशाख २०७९, आईतवार

साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ ।

पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ ।  एजेन्सी

साताकाे चर्चित
सम्बन्धित