१२ सम्म शिक्षा निशुल्क सिँजा पालिकामा एमालेकाे प्रतिवद्दता
१२ सम्म शिक्षा निशुल्क सिँजा पालिकामा एमालेकाे प्रतिवद्दता
    • बेल संचार

    • २१ बैशाख २०७९, बुधबार

जुम्लाको सिँजा गाउँ पालिकामा एमालेकाे प्रतिवद्दता १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने घाेषणा पत्रमा प्रतिवद्ता उल्लेख गरिएको छ ।

उच्च शिक्षाका लागि डाक्टर , इन्जिनियर र प्राविधिक पढ्ने विद्यार्थीकाे लागि ५ लाख देखि १० लाख सम्म छात्रवृत्तिकाे व्यवस्था गरिनेछ । न्यून अाय भएका घरपरिवारका विद्यार्थीहरुलाई वार्षिक रुपमा पाेसाक र शैक्षिक सामाग्री निशुल्क गरिने । सिजाँ बहुमुखी क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय बाट अाग्किङ गर्ने एमालेकाे प्रतिवद्दतामा जनाएको छ ।

विधुत राष्ट्रिय लायन घरघरमा विस्तारित तथा २० युनिट सम्म बिजुली निशुल्क गर्नेछु नेकपा ( एमाले) पालिका अध्यक्ष उम्मेदवार सुमन अाचार्यले बताए । उनका अनुसार एक विद्यालय एक नर्स राखिने र जन्म दर्ता सँगै बैंक खाता , दुई सन्तान सम्मकाे लागि मात्र , छाेराकाे रु ५ हजार र छाेरिकाे लागि रु १० हजार व्यवस्था गरिनेछ ।

सिँजा गाउँ पालिका भित्रका स्थानीय सडकबाटाे कालाे पत्रे पाँच वर्ष भित्र गरिने अाचार्यले बताए । कृषि , उद्योग , प्रर्यटन पुर्वधार , सिजा गाउँ पालिकाकाे सम्वृधिकाे अाधार भन्ने नाराका साथ, एमालेकाे घाेषणा प्रत्र सार्वजनिक भयकाे दिनबाटै चुनावी प्रचारमा लागेकाे उपाध्यक्ष उम्मेदवार कल्पना बुढाले बताइन ।

साताकाे चर्चित
सम्बन्धित