सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ ।
बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने छन् ।
उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । का्ंग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।