१५ जना निको भए थप १७ जनामा कोरोना पुष्टि,
१५ जना निको भए थप १७ जनामा कोरोना पुष्टि,
    • Bell Sanchar

    • २२ बैशाख २०७९, बिहीबार

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८११ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १५ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७३० पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित