श्री शाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ वैशाख २५ गते आइतबार तद्अनुसार सन् २०२२ मे ८ तारिख वैशाख शुक्लपक्षको सप्तमी तिथि तिष्य नक्षत्र गण्ड योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । रवि सप्तमी, गंगासप्तमी, रेडक्रस दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): आजको दिन स्वास्थ्य सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । तर खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । भागदौड वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता पनि बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । आत्मसम्मान जोगाउन विशेष सतर्क रहनुपर्ला । आरोग्यता र रसरागमा रुचि बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): समय शुभ फलदायक नै छ । प्रेममा आकर्षण बढ्नेछ । धार्मिक काममा भने बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ । धनसम्पत्तिको आगमन भैरहने छ । व्यस्तता बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । नयाँ सम्भावना रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): धन र सुख बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । तर ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्ने दिन छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): आजको दिन स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो): कार्यमा सफलता मिल्नेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड(जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्न सक् छ । समस्याको समाधान मिल्नेछ, तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): मिठो भोजन र रसरागमा आकर्षण बढ्ला । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । यात्रा परक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान मिल्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): भाग्य वृद्धि होला । आज विभिन्न अवसरले पछ्याउन सक्छ । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहे पनि सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । खेलकूद तथा भ्रमणको कार्यमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । सुख शान्ति रहला ।