माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट
माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट
    • Bell Sanchar

    • २९ बैशाख २०७९, बिहीबार

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ ।

मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताउनुभयो ।  उहाँलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भन्नुभयो, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समूहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित