श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त
श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त
    • Bell Sanchar

    • ३० बैशाख २०७९, शुक्रबार
श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त

एजेन्सी । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन् । विहीबार राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रामसिंघेलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

विक्रामसिंघेलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि विक्रामसिंघेले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आँकलन गरिएको छ ।

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित