संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफाको निधन
    • बेल संचार

    • ३१ बैशाख २०७९, शनिबार

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ।‍ यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन्।

पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। शेख खलीफाले सन् २००४ नोभेम्बर ३ मा पहिलो पटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेदारी सम्हालेका थिए।

साताकाे चर्चित
सम्बन्धित