सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु
सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु
    • Bell Sanchar

    • ३१ बैशाख २०७९, शनिबार

सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा माओवादी कार्यकर्ता ३५ वर्षीय सुदिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।

झडपको क्रममा घाइते भएका राइको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित