२०७९ जेठ १ गते आइतवारको राशिफल
२०७९ जेठ १ गते आइतवारको राशिफल
    • Bell Sanchar

    • १ जेष्ठ २०७९, आईतवार

मेष–आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

वृष–आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मिथुन–टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

कर्कट–विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह–आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ ।

कन्या–धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।

तुला–आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ ।

वृश्चिक–आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना बन्न सक्छ ।

धनु–होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसङ भेट घाट हुनेछ ।

मकर–धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।

कुम्भ–आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

मिन–नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित