पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजय !
पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजय !
    • Bell Sanchar

    • १ जेष्ठ २०७९, आईतवार

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रले प्यानल नै जित हाँसिल पारेको छ ।

वडा अध्यक्षमा कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), महिला दलित वडा सदस्यमा मिना नेपाली, खुल्ला वडा सदस्य गोविन्द वस्ती र गंगा बहादुर बलकोटीले जित हाँसिल पारेका छन् ।

यसैगरी पालुङ्टारको वडा नम्बर १,२ र १० को मत गणना सकिएको छ । पालुङ्टार वडा नम्बर १ मा कृष्ण बहादुर परियारले जसपाबाट वडा अध्यक्ष हात पारेका छन् भने बाँकी दुई वडामा माओवादी केन्द्रले जित हाँसिल पारेको छ ।

वडा नं. ९ को मत गणना भइरहेको छ भने वडा नं ३ को गणना सुरु हुन लागेको छ ।

साताकाे चर्चित
सम्बन्धित